तामाङ समुदायको प्रेम देखाउने ‘रोशी खोला दुम्जामा’ सार्वजनिक
असोज १७, २०८१, बिहीबार | विहान ०७:१३ बजे | 0
काठमाडौं । ‘रोशी खोला दुम्जामा’ सार्वजनिक भएको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानलाई समर्पित एक विशेष यस गीतले तामाङ समुदायको परम्परा, प्रेम, र प्राकृतिक सौन्दर्यलाई जीवित राख्दै सांगीतिक जगतमा चर्चा पाउँदैछ ।
गायक रोज मोक्तानको पछिल्लो कोशेलीमा रोशी खोलालाई केन्द्रित रहेर माया र जोवनलाई मिठो स्वरमा व्यक्त गरिएको छ । गीतमा स्थानीय बाजा, डम्फु र मादलको प्रयोगले तामाङ जातिको मौलिकतालाई जीवन्त पार्दछ । गायक तथा गीतकारले तामाङ भाषामा ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यलाई गीतको माध्यमबाट जनमानसमा पु¥याउन सफल भएका छन् ।
गीतको भिडियोमा पनि तामाङ समुदायको पहिरन, भेषभूषा र संस्कृति झल्काउने प्रयास गरिएको छ । भीमफेदी गाइज र याङ्की दोङको प्रस्तुतिले गीतलाई अझ सजीव बनाएको छ । बरिष्ठ गायक मोक्तानको अभिनयले गीतलाई बिषेश थप मनोरञ्जन बनाएको छ ।
भिडियोमा खिचिएका दृश्यहरूले दर्शकलाई गाउँको सौन्दर्यमा हराउने अवसर प्रदान गर्दछ । भिडियोलाई पवन सुलिङको कोरियोग्राफर, दिनेश सुवेदीको छायाँङ्कन र निर्मल कुमार लामाको निर्देशन रहेको छ ।
गायको मोक्तानको कलकत्ते काइयो, सिसम तामाङ सितोबा, हेलम्बुको बजारमा, झमझम ईष्टाकोट, हिउंप¥यो फुरुरु, आँखको रमझम, यानिमाया लगायत थुप्रै चर्चित गीतका गायक रचनाकार तथा संगीतकार हुन ।
‘रोशी खोला दुम्जामा’ गीतले न केवल तामाङ समुदायलाई गर्वको अनुभूति दिलाउँछ, तर सबै नेपालीलाई सांस्कृतिक विविधताको महत्त्व बुझाउने एउटा उत्कृष्ट साधन बन्न सक्छ । बरिष्ठ गायक रोज मोक्तानले तामाङ समुदायका आफ्नो सांगीतिक यात्रामा थुप्रै लोकप्रिय गीतहरू प्रस्तुत गरेका छन् । उनका गीतहरूले तामाङ समुदायको भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्दै नेपाली संगीत क्षेत्रमा पनि राम्रो पहिचान बनाइसकेका छन् । उनले गीतकार मनोज घिसिङको शब्द सिसम तामाङ सितोबा‘ बाट गायन प्रारम्भ गरेका थिए ।
रोज मोक्तानका गीतहरूले विशेषगरी तामाङ समुदायका मानिसहरूमा गर्व र आफ्नोपनको भावना उत्पन्न गर्छन् । उनका गीतहरूमा प्रयोग गरिएका तामाङ बाजाहरू, भाषाशैली र सांस्कृतिक तत्वहरूले उनलाई नेपाली संगीतमा एक विशिष्ट स्थान दिएको छ ।
छोटकरीमा
गायक÷गायिका ः जीवन बम्जन तामाङ, शिवानी मोक्तान
गीतकार ः रमेश तामाङ
संगीत ः चन्द्रकुमार दोङ
एरेन्ज ः आगा लामा
मिक्स मास्टरिङ ः किशोर थापा
रेकर्डिङ स्टुडियो ः अर्पण
भिडियो क्रेडिटस् ः
कलाकार ः प्रतीक ङेसुर, रोहनी लामा
हैअर एण्ड मेकअप ः सुभाष तिमिल्सिना
प्राडक्शन मेनेजर ः नथुनी जैसवाल
ड्रेस ः सम्झना बौतिक्यू
सिनेमाट्रोग्राफी ः पवन सुसलिङ
क्यामेरा ः दिनेश सुवेदी
भिज्यूअल इडिट ः पवन सुसलिङ
कोरियोग्राफी ः लाक्पा दोर्जे तामाङ
कोरियोग्राफी डाइरेक्शन ः प्रतीक ङेसुर