ललितपुरमा रात्रीकालीन बजार मेला


कार्तिक १२, २०८१, सोमबार | दिउँसो १२:११ बजे | 0


ललितपुरमा रात्रीकालीन बजार मेला

ललितपुर। ललितपुर महानगरपालिका – १६ वडा महिला कमिटीले आयोजना गरेको रात्रीकालीन बजार मेला आज सोमबार चल्ने छ । 

महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा आयोजित सो मेलाको आईतबार महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले शुभारम्भ गर्नुभयो।
सो अवसरमा वडाको महिला सदस्य बबिता श्रेष्ठले रात्रीकालीन बजार मेलाले रात्रीकालीन बजार मेला अवधारणालाई कार्यान्वयन र व्यापक गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडाको महिला कमिटीले यस अघि गत असार ११ र १२ गते नागबहालमा रात्रीकालीन बजार मेला आयोजना गरेको थियो। त्यसको अनुभवबाट सिक्दै अहिले मेला गर्न फेरी मेला आयोजना गरिएको श्रेष्ठको भनाई रहेको छ । मेलामा महिलाद्वार। उत्पादित करिब ८० वडा स्टल रहेको छ । सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले रात्रीकालीन बजारको मेला पूर्वाधार निर्माणमा झकझक्याउन रात्रीकालीन बजार मेला आयोजना गरिएको बताउनुभयो। वडाअध्यक्ष शाक्यले रात्रीकालीन बजार मेलामा बेलाबखत चर्चा हुने गरेपनि त्यस दिशामा ठोस काम नभइरहेको स्थितिमा वडाले सो मेलाले गरिएको जानकारी दिनुभयो। मेला सरोकारवाला, सम्बद्ध पक्षलाई रात्रीकालीन बजार मेलाको लागि आवश्यक पूर्वाधार र तयारी गर्न प्रेरित गर्नेपनि वडाअध्यक्ष शाक्यको विश्वास रहेको छ । वडामा जनप्रतिनिधि बहालभएदेखि नै दशैं मेला, कला संस्कृति महोत्सव, बुबहाल मेला, युवा मेला गरी विभिन्न मेला गर्दै आएको छ । ती मेलाहरुले स्थानीयमा बजार प्रवद्र्धन चेतना जाग्रत गरेको पनि वडाअध्यक्ष शाक्यको कथन रहेको छ ।

Comments