ठिमीबाट लागूऔषधसहित मेडिकल संचालक नियन्त्रणमा


कार्तिक २७, २०८१, मङ्गलबार | विहान ०६:३५ बजे | 0


ठिमीबाट लागूऔषधसहित मेडिकल संचालक नियन्त्रणमा

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ६ नगरपालिका चोक रहेको राज मेडिकलमा लागू औषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत ठिमी भक्तपुरबाट खटिइएको प्रहरी टोलीले कानून बमोजिम उक्त मेडिकलमा चेकजाँच गर्दा लागू औषध फेला पारेको छ । ती लागूऔषध बरामद गर्नुका साथै मेडिकल संचालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं ३ घर भई हाल पुरानो ठिमी बस्ने वर्ष ३६ को राजनारायण साहलाई समेत नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी वृत ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments