भक्तपुर निवासी सुशील चालिसे न्याभ एक्सिलेन्स अवार्डबाट सम्मानित
साउन ८, २०८१, मङ्गलबार | दिउँसो १२:१० बजे | 0
हाल अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका भक्तपुर निवासी सुशील चालिसे कला, संस्कृति र भाषामा उत्कृष्ट योगदान पुर्याए बापत उक्त विधामा न्याभ एक्सिलेन्स अवार्ड २०२४ प्राप्त गर्न सफल भएका छन्। उक्त अवार्ड नेपलिज एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा सम्पन्न न्याभ एक्सिलेन्स अवार्ड कार्यक्रममा प्रदान गरिएको थियो। लामो समय देखि अस्ट्रेलिया बस्दै आएका चालिसेले नेपाली कला, भाषा र संस्कृतिको उथानका लागि सक्रिय रुपमा कार्य गर्दै आएका छन्। हाल उनि नेपाली पाठशाला बाल चौतारी वेस्ट क्याम्पसमा प्रिन्सिपलको रुपमा कार्यरत छन्। चालिसेले नेपाली कला, संस्कृति, परम्पराका साथै जनचेतना बढाउने बिभिन्न वृतचित्रहरु निर्माण गरि अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदाय बिशेषत् दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला, संस्कृतिका बारेमा जानकारी गराउन सहयोग पुर्याइरहेका छन्।
चालिसेले मुक्तक संग्रह पुस्तक गुराँसहरु पलाँसहरु प्रकाशित गरिसकेका छन्। उक्त मुक्तक संग्रह पुस्तक मेल्बर्नको ग्लेंरोय र कोबर्गमा अवस्थित लाइब्रेरीमा समेत पाइन्छ। उनि गीत लेखन कार्यमा पनि सक्रिय रुपमा लाग्दै आएका छन्। गत महिनामा मात्र चालिसेले लेखेको गीत सररर हावा चल्योले उत्कृस्ट पप गीत डायसपोरा क्याटेगोरिमा रास्ट्रीय ओपसाना म्युजिक अवार्ड प्राप्त गर्न सफल भएका थिए। अस्ट्रेलियन रेड क्रस लाइफ ब्लडमा दर्ता भएको आर डब्लु सी लाइफ ब्लड टिमको संयोजक समेत रहेका चालिसेले बिभिन्न समयमा गरि निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् भने अस्ट्रेलियामा हालसम्म उनले ५१ पटक रक्तदान समेत गरि सकेका छन्।
अस्ट्रेलियामा चालिसेले बिभिन्न नेपाली म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका छन् भने त्यँहा रहेका नेपाली संस्थाहरुले आयोजना गरेका बिभिन्न कार्यक्रमहरु तथा बिबिध विधाका प्रतियोगिताहरुमा समेत संयोजकको भूमिका सफल रुपमा निर्बाह गरिसकेका छन्। नेपालमा रहंदा चालिसेले एफ एम रेडियोमा कार्यक्रम संचालन गर्ने र उद्घोषण तालिम दिदै आएका थिए। हाल अस्ट्रेलियाको मेलबर्नमा समेत बिभिन्न संस्थाहरुले आयोजना गरेका उद्घोषण तालिममा समेत उनले तालिम दिदै आएका छन्